२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

अ+ अ-

एएफपी । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) लाई उद्धृत गर्दै खामा प्रेसले इरानबाट एकै सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासीलाई देश निकाला गरिएको जनाएको छ ।

आइओएमको जुन २८ को अपडेटअनुसार जुन १८ देखि जुन २६ सम्म कुल ८८ हजार ३०८ जना कागजातविहीन अफगानी नागरिकलाई इरानबाट जबर्जस्ती अफगानिस्तान फर्काइएको छ । तीमध्ये ११ प्रतिशतले मात्र स्रोतको सीमितताका कारण मानवीय सहायता प्राप्त गरेको उल्लेख गर्दै अति जोखिममा रहेकाहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

यस अवधिमा स्वदेश फर्केकामध्ये ५५ प्रतिशतलाई जबर्जस्ती देश निकाला गरिएको र ६४ प्रतिशत परिवारको रूपमा यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि, जुन १० देखि जुन १७ को बीचमा ३२ हजार ८४४ जनालाई स्वदेश फर्काइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यसअघिको तथ्यांकअनुसार जुन १ देखि जुन १५ सम्म इरान र पाकिस्तानबाट ७१ हजारभन्दा बढी आप्रवासी स्वदेश फर्केका छन् । खामा प्रेसका अनुसार दुवै निकायले भीडभाड युक्त र कम स्रोत साधन भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षाका लागि गम्भीर चुनौतीबारे चेतावनी दिएका छन्।