२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमन्त्री अधिकारीले भने-‘हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन’

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।

आइतबार २२औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् ।

‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’

मन्त्री अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्विकार्दै उनले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए ।

असार र साउनमा पर्याप्त नभए पनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको जिकिर गरे । मलका कारणले रोपाइँ गर्न पाइन भन्ने किसिमको सोच नराख्न पनि उनले आग्रह गरेका छन् ।

मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने बताए । असार १५ गते (आज) राष्ट्रिय धान दिवस मनाइँदै छ ।