२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देउवासँग देशले धेरै अपेक्षा गरेको छ, अन्तर्राष्ट्रिय जगतले पनि विश्वास गर्छ’-ज्ञानेन्द्र कार्की

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । 

सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले कतिपय सन्दर्भमा काँग्रेसलाई आफैँबाट चुनौती रहेको बताए ।

उनले भने, ‘काँग्रेस विभाजित होइन, एक ढिक्का भएर अगाडि बढ्नुपर्दछ । अहिलेको समयको आवश्यकता यही हो ।

आमनागरिकमा अझै पनि काँग्रेसमाथि विश्वास छ । जनमत काँग्रेसकै पक्षमा छ । म आफैँ पनि जिल्ला जाँदा होस् वा आममान्छेसँग अन्तरक्रिया गर्दा काँग्रेसप्रतिको भरोसा घटेको छैन । काँग्रेसप्रतिको त्यो विश्वासलाई कमजोर बनाउन पनि सुनियोजित रूपमा काँग्रेसमाथि आक्रमण भइरहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।’

महाधिवेशन समयमा हुन्छ कि हुँदैन भनेर बहस गर्नुको अर्थ नभएको उनको भनाइ छ ।

नेता कार्कीले भने, ‘महाधिवेशन हामीले नै गर्ने हो । बाहिर मिडियामा महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न गर्नुको साटो हामी सबैले महाधिवेशन गर्नेतर्फ लाग्नुपर्दछ । महाधिवेशन गर्ने जिम्मेवारी एक जना सभापतिको मात्रै होइन, यो सिङ्गो कार्यसमितिकै हो । १४औँ महाधिवेशनका बेला पनि सभापतिज्यूमाथि महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न उठाइने गरिन्थ्यो, तर वैधानिक समयमै महाधिवेशन गराउनुभयो ।’

१५औँ महाधिवेशन केवल औपचारिकताका लागि मात्रै नभई यो देशको भविष्य काँग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ भन्ने सन्देश दिने गरी वडा तहदेखि अधिवेशन गर्नुपर्नेमा उनले जोड दिए ।

नेता कार्कीले थपे, ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति हुनुहुन्छ । उहाँको नेतृत्वमा काँग्रेस मात्रै होइन, देशले धेरै अपेक्षा गरेको छ । सोसल मिडियाले जनमत बनाउन भूमिका खेल्ने भएकाले वडा तहबाटै सङ्गठित रूपमा सोसल मिडिया सञ्चालनको अभ्यास थाल्नुपर्दछ ।