२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३७ वर्षपछि पक्की नहर निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । 

विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो । 

नहरमा पानी चलाएपछि लुरवाङ्को फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताए । कच्ची नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो । 

उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको बताए । 

“यसपाली पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ,” उनले भने “पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।” चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको छ । 

एक सय ७० मिटर १२५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए । गलघण्टीको जोखिमयुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब १०० पक्की नहर निर्माण गरिएको उनले बताए। गत वर्ष विनियोजन भएको रु १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब २०० मिटर पाइपलाइन जडान भएको थियो । 

आगामी वर्षका लागि विनियोजन भएको रु १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। लुरवाङमा धानलगायत खाद्यबालीका साथै सुन्तला र व्यावसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयवासीले अन्नको भण्डार मान्ने गर्छन् ।