२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

अ+ अ-

पर्सा । ठोरी गाउँपालिका-३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहेकी थिइनन् । यस्तो अवस्थामा उनले आफ्ना सन्तानकोसमेत नागरिकता बनाउन सकिनन् । तर, जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि कुमारीमा खुसीको कुनै सीमा नै छैन ।

“इलाका प्रशासन कार्यालय सुपौली पुगेर नागरिकता लिन सक्ने अवस्था थिएन”, उनले भनिन् “घरदैलोमा आयोजित एकीकृत सेवा सञ्चालनमार्फत नागरिकता प्राप्त गर्दा खुसीको कुनै सीमा नै छैन ।” 

पर्साको विकट तथा ग्रामीण भेग शिकारीबासकी पुनिया कुमारीले मात्र नभएर आवश्यक कागजात पुगेका ठोरी गाउँपालिका–३ शिकारीबासका अन्य आठ जनाले आफ्नै घरदैलोमा नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विकट ग्रामीण भेगका जनतालाई घरदैलोमा सेवा प्रवाह गर्न शिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमअन्तर्गत नागरिकता वितरण गरिएको जानकारी दिए। 

“इलाका प्रशासन कार्यालय सुपौली र जिल्ला प्रशासन कार्यालय वीरगञ्ज धाउन नसक्नेलाई गाउँघरमै नागरिकता वितरण गरेका छौँ”, उनले भने । प्रशासन कार्यालयसम्म धाउन नसक्ने सर्वसाधारणलाई घरदैलोमै सेवा गर्ने कार्य प्रशासनले थालेको प्रजिअ अर्यालले बताए । 

जिल्ला प्रशासनकै अगुवाइमा शनिबार शिकारीबासमा जनता आवास कार्यक्रमअन्तर्गत स्थानीय पाँच जनासँग आवास निर्माणको सम्झौता पनि भएको छ । पूर्वाधार विकास कार्यालय वीरगञ्जको अगुवाइमा प्रतिघर रु. तीन लाख ७२ हजारको लागतमा घर निर्माणको कार्य शुभारम्भ गरिएको छ । शिकारीबासमा घरविहीन भएका पाँच परिवारका लागि आवास निर्माणको प्रबन्ध मिलाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए । यसले आवासविहीन परिवारलाई राहत मिल्ने छ ।

नारायणी अस्पताल वीरगञ्ज, स्वास्थ्य कार्यालय वीरगञ्ज, रुगटाँ वेलफेयर सोसाइटी, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, सूर्या हस्पिटल, इम्प्याक्ट्र नेपाल रुगटाँ वेलफेयर नाक कान उपचार केन्द्रलगायतको साझेदारीमा शनिबार नै शिकारीबासमा बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा एक सय ५० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका योजना प्रमुख तथा इञ्जिनियर राकेश साहले शनिबार नै ठोरीको शिकारीबासमा नदी कटान क्षेत्रमा करिव रु. १० लाख लागतको नदी तटबन्धसहितको तारजालीको व्यवस्था गर्न लागेको जानकारी दिए । उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशीलकुमार साहले कार्यालयले आगामी आवमा उद्यमशीलताको विकास गर्न आवश्यक पर्ने तालिमको प्रबन्ध गर्न लागेको बताए । 

कपर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सदैव सहज र सुलभ सेवा प्रदान गर्न आवश्यक सहजीकरण गर्दै आएको बताए । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एकीकृत शिविर सञ्चालन गरेर जनतालाई सहज सेवा उपलब्ध गराउने सराहनीय कार्य गरेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन साह सोनारले जनतालाई घरदैलोमा सेवा प्रवाह गरेर प्रशासन कार्यालयले गतिलो उदाहरण पेस गरेको बताए । सोही अवसरमा रुगटाँ वेलफेयर सोसाइटीले नेपाल राष्ट्रिय प्रावि शिकारीबासका विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।