काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन्।
कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा भाग लिन उनी थाइल्याण्डको बैंकमा गएका हुन् । थाइल्याण्डमा जुलाई ८ तारिखदेखि १० तारिकसम्म एसिया जलवायु शिखर सम्मेलन २०२५ रहेको छ।







