काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको ३ वटा टावर काठमाडौँ आइपुगेका छन् ।
अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको छ। भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर फ्लडलाइट टावर काठमाडौँ ल्याइएको हो ।
अब धमाधम जडान थालिने बताइएको छ । ४३ करोड ७७ लाख ३० हजार ११३ रूपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो ।







