२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न स्थानबाट हातहतियारसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले विभिन्न स्थानबाट हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची र सिरहाका जिल्लाका रहेका छन्।

अर्घाखाँचीको शीतगंगा नगरपालिका-१ नयाँ गाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनको घरबाट एक थान एकनाले भरुवा बन्दुक, १७ थान फलामका छर्रा, १९ थान केप, २ थान सिसाका छर्रा र बारुद बरामद भएको छ। इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले सारूको घरमा खानतलासी गर्दा उक्त हातहतियार फेला पारेको थियो।

यसैगरी, सिरहाको भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट दुई थान एकनाले कटुवा पेस्तोल र २ राउण्ड थ्रिनटथ्री राइफलको गोलीसहित सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादवलाई शुक्रबार साँझ नै प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकिराखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकलमा खानतलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई नियन्त्रणमा लिएको हो।

यी दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।