२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलको ट्रेडमार्क आफूले नै पाउनुपर्ने दाबीसहित आमिर अख्तर उच्च अदालत जाने

अ+ अ-

काठमाडौँ । जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक तथा पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रेडमार्कसमबन्धी दाबी लिएर अदालत जाने बताएका छन् ।

उद्योग विभागले नेपाल क्रिकेट संघ (क्यान)लाई एनपीएलको ट्रेडमार्क दिएपछि एनपीएलको ट्रेडमार्क र लोगो आफूहरूको भएको मागसहित उद्योग विभाग पुगेका अख्तरको विरुद्धमा निर्णय गर्दै केही दिनअघि विभागले एनपीएलको स्वामित्व क्यानसँगै रहने जानकारी गराएको थियो ।

यसबारेमा कुरा गर्दै अख्तरले एनपीएल आफ्नो भएको र यसको दाबी लिएर अब अदालत जाने बताएका हुन् । ‘मैले एनपीएलको ट्रेडमार्क क्यानलाई कसरी दिएको भनेर उद्योग विभागमा च्यालेन्ज लिएर गएको थिएँ, उहाँहरूले लोगो र ट्रेडमार्क क्यानसँगै रहने भनेर फेरि भन्नुभएको छ’ उनले अनलाइनखबरसँग भने, ‘अब हामी हाइ कोर्ट ९उच्च अदालत० मा जान्छौँ, यो सबै हाम्रै स्वामित्वमा छ, हुनुपर्छ।’

‘कम्पनीमा पनि मेरो दर्ता छ, पान नम्बर, भ्याट नम्बर, एनपीएलको बैंक अकाउन्ट पनि मेरै नाममा छ, ट्रेडमार्कको कर पनि मैले नै तिरेको छु, त्यसो हुँदा क्यानले कसरी पाउन सक्छ’ उनले अगाडि भने ।

एनपीएलको काम १० वर्षअघि आफूले नै गरेको र यो ट्रेडमार्क आफ्नै हुनुपर्ने उनको धारणा छ ।

यसअघि जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिले आफूसँग भएको सम्झौता विपरीत नेपाल प्रिमियर लिग सञ्चालन गरेको भन्दै मुद्दा पनि दायर गरेको थियो ।