२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्छ’ : मन्त्री मेहता

अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य संकटका रूपमा बुझ्नुपर्ने बताएकी छन्। 

उनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका सबै प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी हुन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र आईपीएएससँगको सहकार्यमा अन्ताल्यास्थित नेपाल पेभिलियनमा आयोजना गरेको ‘स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमा : विश्वव्यापी परिप्रेक्ष्य’ विषयक विशेष छलफलको अध्यक्षता गर्दै मन्त्री मेहताले उक्त धारणा राखेकी हुन्।

छलफलमा मन्त्री मेहताले बाढी, पहिरो, अत्यधिक गर्मी, रोगको बदलिँदो स्वरूप, पानी तथा खाद्य असुरक्षालगायत जलवायुजन्य जोखिमले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरिन् यस्ता विपद्ले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति प्रणाली र अत्यावश्यक स्वास्थ्य सेवामा अवरोध सिर्जना गर्ने उनको भनाइ थियो।

नेपालको अनुभव प्रस्तुत गर्दै उनले रसुवामा गएको विनाशकारी बाढीले जनजीवन, जीविकोपार्जन र अत्यावश्यक स्वास्थ्य सेवामा पहुँचमा पारेको प्रभावलाई जलवायु परिवर्तनका स्वास्थ्यसम्बन्धी जोखिमको उदाहरणका रूपमा उल्लेख गरिन् । 

उनले नेपालजस्ता जलवायु जोखिममा रहेका तथा अल्पविकसित मुलुकहरूका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज, पूर्वानुमानयोग्य र अनुदानमा आधारित पहुँच सुनिश्चित गर्न विकसित राष्ट्रहरूलाई आग्रह गरिन्। साथै, स्वास्थ्यसम्बन्धी सूचकहरूलाई जलवायु अनुकूलनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ययोजना, जलवायु वित्त र नीतिगत प्रतिबद्धतामा समेट्नुपर्नेमा जोड दिइन्।

जलवायु परिवर्तनका कारण हुने मृत्यु, रोग, मानसिक स्वास्थ्यमा पर्ने असर, स्वास्थ्य सेवामा अवरोध तथा स्वास्थ्य पूर्वाधारमा हुने क्षतिको आर्थिक र गैरआर्थिक प्रभावको व्यवस्थित मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो। 

छलफलमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. ज्ञानेन्द्र घोगल, पाकिस्तानस्थित दस्तक फाउन्डेसनकी संस्थापक तथा कार्यकारी निर्देशक हिरा अमजद र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याहियाले जलवायु परिवर्तन र स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे धारणा राखिन्।

कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य जोखिम सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य, नीतिगत प्रतिबद्धता र स्वास्थ्य प्रणालीको उत्थानशीलता अभिवृद्धिको आवश्यकता औँल्याएका थिए।

कार्यक्रमको अन्त्यमा मन्त्री मेहताले स्वस्थ नागरिकबिना उत्थानशील भविष्य सम्भव नहुने र स्वस्थ नागरिकका लागि उत्थानशील पृथ्वी आवश्यक रहेको उल्लेख गर्दै जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्नुपर्ने सन्देश दिइन्।

0 Comments