२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ

अ+ अ-

झापा । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए । उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र रु. सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ । 

पक्राउ परेका चर्चित फरार प्रतिवादीहरूमा भद्रपुर-८ का ४८ वर्षीय खेमराज पोखरेल रहेका छन्, उनलाई सर्वोच्च अदालतले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो । यस्तै, मेचिनगर–७ का ३२ वर्षीय प्रदीप राईलाई उच्च अदालत विराटनगर, इलाम इजलासले जबर्जस्ती करणी र चोरी मुद्दामा दोषी ठहर गरी २०७२ सालमा १० वर्ष कैद हुने फैसला गरेको थियो ।

यसैगरी, पक्राउ पर्ने बिर्तामोड-८ का ३० वर्षीय अमिरलगुन विश्वकर्मालाई उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा एक वर्ष दुई महिना १५ दिन कैद र रु. दुई करोड ८४ लाख ५८ हजार ६०५ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने योजना अघि सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।