२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ ।

बुधबार बिहानदेखि पन्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ । राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ ।

“पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ५४ जनाको मृत्यु भएको छ र दुई सय २७ जना घाइते भएका छन्, अधिकांश मृत्यु पन्जाबबाट भएको रिपोर्ट गरिएको छ”, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले एएफपीलाई भने ।

जुन २६ मा मनसुन सुरु भएदेखि ७० बालबालिकासहित करिब एक सय ८० जनाको मृत्यु भएको र करिब पाँच सय जना घाइते भएको प्रवक्ताले बताए । राष्ट्रिय मौसम विभागले शुक्रवारसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

“जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपत्कालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरू सहितको आपत्कालीन किटहरू तयार गर्नुपर्दछ”, सरकारले भनेको छ । सन् २०२२ मा मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो र एक हजार सात सय जनाको मृत्यु भएको थियो ।