२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सडक मानवमुक्त बनाउन सरकारले मानवसेवा आश्रमलाई सहयोग गर्नुपर्छ’-अर्जुननरसिंह केसी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सडक बालबालिका तथा सडक मानवमुक्त राष्ट्र निर्माणका लागि मानवसेवा आश्रमजस्ता संस्थालाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी संघले तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौँको रानीवनस्थित मानसेवा आश्रममा आश्रितलाई भोजन वितरण कार्यक्रममा उनले मानवसेवा आश्रमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । 

पूर्वमन्त्रीसमेत रहेका केसीले सरकार आफैँ यस्ता काममा लाग्नेभन्दा पनि यस्ता संस्थालाई नेतृत्व गर्न सक्ने गरी आर्थिक, भौतिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए । सरकारले यस्ता संस्थाको नियमन गरी सहज सञ्चालनको व्यवस्था गरेमा सकारात्मक प्रतिफल आउने उनको भनाइ छ ।

“सडक बालबालिकामुक्त बनाउने भनेर हामीले लामो समयदेखि भनिरहेका छौँ, आज मानवसेवा आश्रमको कामबाट म प्रभावित भएको छु, यसरी असक्त मानवलाई लिएर सेवा गर्नु भनेको सरकारलाई पनि योगदान गर्नु हो”, उनले भने । नेता केसीले आश्रमलाई अगाडि बढाउन आफूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रमको वर्तमान अवस्था, भवन निर्माण र नेपाललाई सडक मानवमुक्त बनाउनका लागि भावी योजनाबारे जानकारी गराएका थिए ।

नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालले होटेल व्यवसायीको धर्म भनेकै गाँस र बास भएकाले आश्रमका असहायलाई खाना खुवाएर स्थापना दिवस मनाउन पाउँदा हर्षित भएको बताए ।

अशक्त, असहाय र परिवारविहीन सडक मानवलाई सेवा दिने मानवसेवा आश्रमको २१ जिल्लामा २७ वटा शाखा रहेका आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । हाल देशभरका आश्रममा एक हजार ९२५ जनाभन्दा बढी असहायले आश्रय लिइरहेका छन् । तीमध्ये एक सय ६५ जनाभन्दा बढी बालबालिका छन् ।