२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपीको विचार नेपालमात्र नभई विश्वका लागि सान्दर्भिक छ : डा कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक भएर गएको बताएका छन् । 

बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र काँग्रेसको खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतीको आधार बिपी’ विषयक अन्तक्र्रियामा उनले बिपीको विचारमा अहिले मुलुक अगाडि बढिरहेको बताएका हुन् । 

“बिपीको विचारलाई काँग्रेसले छोड्यो भन्ने यत्रतत्र सुनिन्छ, तर काँग्रेसले बिपीको विचार छाडेको छैन, आज पनि मुलुक बिपीको प्रजातान्त्रिक समाजवादकै बाटोमा अगाडि बढेको छ”, उनले भने । डा.कोइरालाले बिपी कोइरालाको अन्तरराष्ट्रिय छवि राम्रो भएको बताए।

नेता डा कोइरालाले कुलिङ अफ पिरियडको विषयमा काँग्रेस सभापतिले ‘टेक एन्ड पे’ हटाउन पहल गरेजस्तै अडान लिनुपर्ने उल्लेख गरे । उनले बिपी कोइराला विचारमा अडिग नेता भएको बताए ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिन्न पृष्ठभूमिबाट निर्माण भएको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताए। उनले सरकारले कुलिङ पिरियडलाई तत्काल सच्याउनुपर्ने बताए। महामन्त्री शर्माले भूमि विधेयकलाई सरकारले हतार गर्न नहुने उल्लेख गरे । 

उनले दुई दलबीच सरकार सञ्चालनका क्रममा भएका विमतीलाई बहस, छलफल र संवाद गरेर टुङ्ग्याउनुपर्ने उल्लेख गरे । 

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतामा बिपी कोइरालाको विचार अन्तरनिहित भएको बताए । देश र जनता बलियो हुनुपर्छ भन्ने मान्यता बिपीमा भएको उनको भनाइ थियो ।

सहमहामन्त्री डा.महतले आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिक पुग्नुपर्छ भन्ने मान्यता कोइरालामा भएको उनले बताए। उनले काँग्रेस र एमालेबीच सरकार गठनका लागि भएको सहमतिअनुसार संविधान संशोधनलाई चाँडो कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरे । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको लोकतान्त्रिक राजनीतिकको जग बिपी कोइरालाले निर्माण गरेको बताए। नेपाली समाजवादको आधार र बहुदलवाद बिपी कोइरालाले सुरु गरेको उनको भनाइ थियो । नेपालको राजनीतिको इतिहास भनेको नेपाली काँग्रेसको इतिहास भएको मन्त्री पौडेलले बताए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमात्र देश विकासले गति लिने बताए। बिपी स्मृति अस्पतालका अध्यक्ष उमेशजङ्ग रायमाझी नेपालको राष्ट्रनायक बिपी कोइराला भएको बताए। उनले बिपी कोइरालालाई शिक्षा, स्वास्थ्य, साहित्यलगायतका क्षेत्रबाट सधैँ स्मरण गर्दै आएको उल्लेख गरे ।