काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच सहकार्य गर्नेबारे समझदारी भएको छ। दुई एसोसियट राष्ट्रबीच आपसी समझदारीमा क्रिकेटको विकास गर्न द्विपक्षीय साझेदारी भएको हो।
कुवेत क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघले सन् २०२६ देखि पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृंखला आयोजना गर्ने भएका हुन्। सम्झौता अनुसार प्रत्येक वर्ष दुवै देशमा कम्तिमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय सँगै थप ५० ओभरका खेलहरू आयोजना गरिने क्यानले जनाएको छ ।
यसले एकअर्का देशको क्रिकेटमा अन्तर्राष्ट्रिय एक्सपोजर बढाउनका साथै एसोसिएट राष्ट्रहरूको क्षमता बढ्ने हुने विश्वास क्यानको छ।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप खेलेर आफ्नो प्रतिभा प्रस्तुत गरिसकेको छ ।







