काठमाडौँ । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ ।
बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ ।
बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ : ३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १ : २३ बजे २९६४ अंकसम्म झरेको थियो ।
उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ ।
अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको कारोबार भएको छ ।







