२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने : ‘इन्दिराजीमाथिको व्यवहार संवैधानिक निकाय कब्जा गर्ने डिजाइन’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई निसाना बनाएर सबै संवैधानिक निकायहरू कब्जा गर्ने डिजाइन बुनिरहेको आरोप लगाएका छन्।

बुधबार साँझ नख्खु कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त कदम लोकतन्त्र र संविधानमाथिकै प्रहार भएको बताए।

उपसभामुख प्रकरणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा दाहालले भने, ‘इन्दिराजीप्रति गर्न खोजेको व्यवहार इन्दिरामाथिको होइन, यो संविधान, लोकतन्त्र र यो सिस्टममाथिको प्रहार हो। उहाँहरू इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको भन्ने कुरा प्रस्टै देखिन्छ।’

उनले गठबन्धन सरकार निरंकुशतातिर गएको र उपसभामुखमाथि ठूलो अन्याय भएको टिप्पणी गरे।

प्रतिपक्षको बैठकमा आफूले भनेको कुरा स्मरण गर्दै दाहाल भने,‘बिचरा ती इन्दिरा राना, एक आदिवासी जनजाति महिला, सामाजिक सेवामा समर्पित भएर राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको महिला, सानो प्राविधिक विषयलाई लिएर उनीमाथि जे गरिएको छ, त्यो बिल्कुल गलत भएको छ भनेर मैले हिजै भनेको थिएँ।’

उनले उपसभामुखलाई हटाउने विषयमा विपक्षी दलहरूको बैठकमा समेत छलफल भएको र आफूले त्यसको कडा प्रतिवाद गरेको सुनाए।

सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न पुगेका दाहालले भेटमा उपसभामुखबारे पनि कुराकानी भएको जानकारी दिए।