२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूषित पानीका कारण वीरगञ्जमा हैजा फैलिएको आशंका, ११ ठाउँबाट नमूना संकलन

अ+ अ-

काठमाडौँ। खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खटिएका खानेपानी मन्त्री प्रदीप यादवले भने, ‘खानेपानीको पाइपमा दूषित पानी मिसिएको हुन सक्छ । जसका कारण वीरगञ्जका स्थानीयमा हैजाको प्रकोप देखा परेको हुन सक्छ ।’

उनले थपे, ‘सोही आशंकाका आधारमा खानेपानी विभागको टोलीले प्रभावित क्षेत्रबाट नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँको प्रयोगशालामा पठाएको छ । नमुनाको रिपोर्ट आज आउँछ होला । त्यसपछि मात्रै यसबारे यकिन साथ भन्न सकिन्छ ।’

हैजाको प्रकोप समुदाय स्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गरिएको हो ।

विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।

ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका स्थानीयमा हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।