२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाईल्यान्ड जाँदै प्रधान सेनापति सिग्देल

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल थाइल्याण्ड जाने भएका छन् । 

शाही थाइ सशस्त्र बलसँगको सहकार्यमा अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले थाइल्याण्डमा आयोजना गर्न लागेको रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन सिग्देल थाइल्याण्ड जान लागेका हुन् ।  

सेनापति सिग्देल सोमबार थाइल्याण्ड प्रस्थान गर्ने तालिका रहेको नेपाली सेनाले जनाएको छ ।  

२०५६ सालदेखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरूमा छलफल हुनेछ ।  

यो कार्यक्रमले सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भइ सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा  सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाको छ ।  

प्रधान सेनापति सिग्देललाई थाइल्यान्ड प्रस्थान गर्नुअघि आज नेपाली सेनाको एक टुकडीले जंगी अड्डामा सम्मान गारत अर्पण गरेको छ ।  

सिग्देल थाइल्याण्ड भ्रमणमा रहँदा बलाधिकृत रथी निर्मल कुमार थापालाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको छ।