२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसको आक्रमणबाट युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। रुसले बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा राजधानी किभमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । जसमा चार जना बालबालिका छन् ।

सरकारी अधिकारीहरूका अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । यो आक्रमणको युरोपेली संघ र लण्डनले रुसी दूतहरूलाई बोलाएर विरोध जनाएका छन् ।

आक्रमणबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यको कूटनीतिक प्रयासमा रुसले दिएको जवाफ भएको टिप्पणी गरेका छन् ।’रुसले वार्ताको सट्टा ब्यालिस्टिक क्षेप्यास्त्र रोज्छ,’ जेलेन्स्कीले एक्समा लेख्दै भने । उनले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन आह्वान गरे। ‘रुसले युद्ध अन्त्यको सट्टा मानिसहरू मारेको मार्‍यै गर्न चाहेको छ ।’

रूसले युक्रेनका सैन्य उद्योगहरू र एयरबेसहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । मस्कोले नियमित रूपमा नागरिकहरूलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ। तर युक्रेनी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा जनघनत्व भएको क्षेत्रमा भएका रुसी आक्रमणहरूमा धेरै नागरिकहरूको मृत्यु भएको छ । युद्ध सुरु भएदेखि हजारौँको ज्यान गइसकेको छ।

किभमा बिहीबार बिहान भएको आक्रमण पछिल्ला केही महिनामा भएको सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको अधिकारीहरिले जनाएका छन् ।

२०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण थालेदेखि नै किभ र यसका सहयोगीहरूले युद्ध अन्त्यको प्रयास गर्दै आए पनि खासै उपलब्धि भएको छैन। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी तथा रुसी नेताहरूबीच भेटघाट भएका छन्।