२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

अ+ अ-

पर्वत । विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । 

गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको छ । स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिए। 

यसैगरी प्रतिहलगोरु प्रोत्साहन अनुदानका रूपमा रु १० हजार प्रदान गरिने रेश्मीले जानकारी दिए। वैदिक परम्पराअनुसार पूजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपालिकाले संरक्षण अभियान थालेको हो । विहादी गाउँपालिकाले पालिकाभित्रका छ वटै वडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाईपालन गरेका किसानलाई विगत तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । 

पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक किसानलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका किसानलाई प्रोत्साहन गर्न र गाई पालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परवीन गुरुङले जानकारी दिए।

गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ । यस्तो अवस्थामा हिन्दु धर्म नै सङ्कटमा पर्ने र हिन्दु धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । 

उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए । गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने भुसालको भनाइ छ । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाछीको तस्बिरसमेत संलग्न गर्नुपर्नेछ । 

पर्वतमा पछिल्लो समय उन्नत जातका गाई पालनतर्फ आकर्षण बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्च पनि नउठ्ने भन्दै किसान स्थानीय काठे गाईपालन गर्न छाडेका हुन् ।

पालिकाले चालु आर्थिक वर्षको साउनयता सुत्केरी भएका स्थानीय गाईलाई रु दुई हजार ५०० का दरले अनुदान दिने तयारी गरेको छ ।  जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि उक्त पालिकाले स्थानीय जातका गाई पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु पाँच–पाँच हजार उपलब्ध गराएको थियो । 

यसअघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु एक हजार ५०० का दरले उपलब्ध गराउँदै आएको थियो भने स्थानीय जातका गाईको मूत्र र गोबर प्रशोधन पनि गर्न थालेको छ । पैंयुँ गाउँपालिकाले राँगो पाल्ने किसानलाई रु २० हजार वार्षिक अनुदान वितरण गर्दै आएको छ । किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाहरूले पशुपालन र कृषिको क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु १० लाख विनियोजन गरेको छ ।