काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले भोलिको र्यालीलाई जेन जेड अर्थात् २८ वर्ष मुनिका युवाको स्वत:स्फूर्त अभियान भन्दै नेताहरूलाई त्यसमा हस्तक्षेप नगर्न कडा चेतावनी दिएका छन्।
साहले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा आफू उमेर हदबन्दीका कारण उपस्थित हुन नसक्ने तर र्यालीको उद्देश्यप्रति भरपुर समर्थन रहने स्पष्ट पारेका छन्। उनले भनेका छन्, “भोलि यो स्वत:स्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थ पूरा गर्न बाठो नबन्नुहोस्।”
उनले जेन जेड लाई सोधेका छन्, उनीहरूले कुन खालको देश देख्न चाहन्छन् भन्ने कुरा बुझ्न आफूलाई चासो रहेको छ। “उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ। म पनि अझै उहाँहरूलाई बुढो देखिन्छु,” उनले लेखेका छन्।
यससँगै बालेनले राजधानीमा हुने उक्त र्यालीलाई पूर्ण रूपमा युवाको आवाज भनेर व्याख्या गर्दै, राजनीतिक दल र नेताहरूलाई आफ्नो फाइदा निकाल्ने प्रयास तत्काल रोक्न आग्रह गरेका छन्।







