२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश ढकालको प्रश्न-‘के राज्यमा पुरस्कार दिन लायकका कर्मचारी छैनन् ?’ 

अ+ अ-

काठमाडौँ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले करिब एक दशकदेखि राज्यले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्नु दुःखद भएको टिप्पणी गरेका छन् । 

निजामती सेवा दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समारोहमा उनले आ-आफ्नो जिम्मेवारी बोध गरी मर्यादामा रहेर काम गरेमा सर्वोत्कृष्ट कर्मचारी प्रशस्त भेटिने बताए । विसं २०७३ पछि राज्यले कुनै कर्मचारीलाई सर्वोत्कृष्ट घोषणा गरी पुरस्कृत गर्न नसकेको उल्लेख गर्दै उनले प्रश्न गरे, “के राज्यमा पुरस्कार दिन लायकका कर्मचारी छैनन् ?” । 

उनले सकारात्मक काम गर्ने कर्मचारीलाई पहिचान गरेर सम्मान गर्ने र गलब गर्ने प्रवृत्तिलाई दण्डित गर्ने संस्कार विकास भएमा मात्र सुशासन स्थापित हुने धारणा राखे। यसका लागि सबै सरोकारवालाले पदीय जिम्मेवारीअनुसार पारदर्शी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।

यस्तै कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव लक्ष्मीबहादुर विकले राजनीतिक नेतृत्व र सरकारले जनअपेक्षाअनुरूप काम गर्न सके मात्र जनजीवनमा सुधार आउने बताए। उनका अनुसार जनताको जीवनमा सकारात्मक परिवर्तन भएमा राज्यप्रति विश्वास बढ्दै जान्छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जगदिश्वर उपाध्यायले सेवा प्रभावबाटै सुशासन कायम गरी जनताको मुहारमा खुसी ल्याउन सकिने बताए। उनले “व्यावसायिक र सिर्जनशील प्रशासन, विकास–समृद्धि र सुशासन” भन्ने नाराको सार्थकता त्यतिबेलामात्र कायम हुने बताए जब राजनीति र प्रशासनबीच मित्रतापूर्ण सम्बन्ध स्थापित हुन्छ।

“स्थायी सरकार र राजनीतिज्ञबीच सुमधुर सम्बन्ध हुन जरुरी छ,” उनले थपे, “दुवै पक्षबीचको सहकार्य र समन्वयले पारदर्शी तथा उत्तरदायी सेवा प्रवाहमा ऊर्जा दिन्छ।”

यस अवसरमा प्रमुख जिल्ला अधिकारीसहित ३४ जनाले रक्तदान गरेका थिए। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भानु पार्कको उत्तरतर्फ रहेको पुरातात्त्विक स्थलमा ५२ वटा पारिजातका बिरुवा रोपिएका छन्।

त्यस्तै, दिवसकै अवसरमा कार्यालय प्रमुखद्वारा रकम संकलन गरी मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रमलाई खाद्यान्न वितरण गरिएको थियो। नेपाल निजामती कर्मचारी युनियनले प्रशान्ति वृद्धाश्रममा भोजन गराएको र नेपाल निजामती कर्मचारी सङ्गठनले मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए।