काठमाडौँ । प्रहरी प्रभाग बालकुमारीमा पनि आगजनी भएको छ । प्रदर्शनकारीहरूले बालकुमारी प्रभागमा आगजनी गरेका हुन् । अहिले ठाउँ ठाउँमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेन जेडले सोमबारदेखि देशभर प्रदर्शन भएको ।
आज सरकारी निवास, नेताका घरहरूमा आगजनी र तोडफोड भएका छन् ।
सोमबार भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ ।







