२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

अ+ अ-

 सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगर सभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु. दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे । 

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु. ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट अनुदान रु. ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु. सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु. ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु. दुई करोड र गत वर्षको मौज्दातबाट रु. सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।  

सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु. ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ रु. ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु. छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ रु. चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ । 

साथै आर्थिक विकासतर्फ रु. एक करोड २९ लाख, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु. दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु. २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ रु. १५ लाख, राजस्व परिचालनतर्फ रु. ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु. पाँच करोड पाँच लाख विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि रु. २१ करोड विनियोजन गरेको छ । 

त्यसैगरी नगर कार्यपालिकातर्फ नि:सर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु. ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु. एक करोड ८२ लाख र विशेष अनुदानबाट रु. पाँच करोड ४३ लाख विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए।