२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ नजिकिएसँगै सङ्खुवासभामा खसी बोकाको किन बेच सुरु

अ+ अ-

सङ्खुवासभा । जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै खसी बोकाको व्यापार सुरु भएको छ । किसानले गाउँ-गाउँबाट खसी बोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । 

वर्षभरि पालिएका खसी बोका बिक्री गरेर किसानले दसैँ, तिहार जस्ता मुख्य चाडपर्वको खर्च टार्ने गर्दछन् । खाँदबारीमा शनिबार र बुधबार साताको दुई दिन साप्ताहिक हाट लाग्ने भएकाले खसी बोका बिक्रीका लागि यहाँ ल्याउने गरिएको किसान बताउँछन् ।

बजारमा माग बढी हुन थालेपछि खसी बोका बिक्रीमा समस्या नभएको किसानको भनाइ छ । खसी बोका पालन गर्ने किसानलाई जीविकोपार्जनका साथै दसैँ, तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । स्थानीय हाटबजारमा जिउँदो खसी बोका तौल गरेर बिक्री गरिन्छ । साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसी बोका बेच्न समस्या नभएको किसानले बताएका छन् । 

जिल्लाबाट काठमाडौँसहित देशका प्रमुख सहरमा यसअघिका दसैँमा जसरी नै यो वर्ष पनि खसी बोका लैजाने गरिएको यहाँस्थित पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । खसी बोका किन्न व्यापारी आफैँ किसानको घरघरमा पुग्न थालेपछि बिक्रीमा थप सहज भएको केन्द्रका प्रमुख हिमालय पोखरेलले बताए।

जिल्लाबाट गत वर्ष दसैँमा करिब रु. ७५ लाख बढीको खसी बोका बिक्री भएको प्रमुख पोखरेलले जानकारी दिए । यहाँका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खसी बोका सदरमुकाम खाँदबारीमा बिक्री हुने गरेको उनले बताए । पछिल्लो समय माग बढेसँगै किसानले उत्पादन गरेका खसी बोका सोझै उपभोक्तासम्म पुग्न भएकाले जिल्लाका किसान उत्साहित भएका छन् ।