२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार  

अ+ अ-

भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँ बस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । 

स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुंगिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ । जंगलको बीचमा रहेको यो बस्तीमा ठुलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ ।

विद्युत् विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुंगिनका स्थानीयवासी रामबहादुर राईले बताए । “स्थानीय सरकार सञ्चालनमा आएपछि हाम्रो गाउँमा बिजुली बल्यो”, उनले भने, “भौगोलिक रूपमा विकट रहे पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

विद्युत् विस्तार भएपछि यस क्षेत्रका नागरिक सूचना तथा सञ्चारको पहुँचमा जोडिएका स्थानीयवासी बलिराज राईले बताए । विद्युतीय उपकरणको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएको राईको भनाइ छ । “हाम्रोजस्तो दुर्गम गाउँमा बिजुली बल्दा निकै हर्षित छौँ”, उनले भने, “अहिले गाउँमा नै इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । सूचनाको पहुँचमा जोडिन सहज भएको छ । गाउँ नै उज्यालो बनेको छ । बालबच्चाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन् ।”

यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य गाउँमा जानका लागि जंगलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने उनले बताए । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा छन् । यहाँका नौ वटै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ ।