२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा अझै नियन्त्रणमा आएन हैजा

अ+ अ-

पर्सा । वीरगञ्ज महानगर वरपर हैजाका बिरामी भेटिएको एक महिनाभन्दा धेरै भइसक्यो । तर अहिलेसम्म हैजा कसरी फैलियो भनेर स्रोत पत्ता लाग्न सकेको छैन भने नियन्त्रणमा पनि आउन सकेको छैन ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार आइतबार बेलुकी ५ देखि सोमबार बेलुकी ५ बजेसम्मको २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यही असोज ६ गतेसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा २४० जनामा संक्रमण भेटिएको जानकारी दिए।

जसमध्ये २३६ जना हैजाका बिरामी उपचार पश्चात् डिस्चार्ज भइसकेका छन् । जसमध्ये अझै चार जना उपचारत छन् । महानगर आसपासमा हैजा देखिएपछि यहाँका २१ वटा अस्पतालमा सुरुवाती दिनदेखि असोज ६ गतेसम्म एक हजार ५१२ जना बिरामी हैजा तथा झाडापखलाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन् ।

भर्ना भएकामध्ये एक हजार ४७९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । हैजाका चार बिरामी ‘आइसियू’मा उपचाररत छन् भने एक जना ‘एचडियू’मा उपचारत छन् । त्यसैगरी २८ बिरामीको जनरल वार्डमा उपचार भइरहेको छ । जनस्वास्थ्य अधिकृत ठाकुरले सर्वसाधारण जनता आफै सचेत र सजग नहुँदासम्म हैजा नियन्त्रण गर्न गाह्रो हुने बताए ।

‘‘हामीले पर्याप्त मात्रामा जनचेतनाका अभियान सञ्चालन गरिरहेका छौँ । तर सर्वसाधारणहरू अटेरी हुँदा पनि हैजा नियन्त्रण गर्न गाह्रो भइरहेको छ,’’ उनले भने, ‘‘पानी उमालेर वा क्लोरिन राखेर खानका लागि अनुरोध गरेका छौँ । सर्वसाधारणले मानेका छैनन् ।’’

उनले मंगलवारदेखि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयसेवीहरुको समूह हैजा प्रभावित वडामा घरघरमा पुगेर क्लोरिनयुक्त पानी खुवाउन सिकाउने कार्यक्रम राखिएको जानकारी दिए ।