२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राध्यापक कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान

अ+ अ-

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७ औँ जन्म जयन्तीको अवसर पारेर मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आज राष्ट्रकवि घिमिरे निवास लैनचौरमा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

नगद रु. एक लाख राशिको उक्त पुरस्कार वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले प्राध्यापक कँडेललाई हस्तान्तरण गरे । कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. त्रिपाठीले राष्ट्रकवि घिमिरेको हरेक कवितामा राष्ट्रिय भाव झल्किएको बताए । गद्य कवितालाई गीतमा ढाल्ने कवि घिमिरे भएको उनको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व प्राध्यापक कँडेलले राष्ट्रकवि घिमिरे आफ्नो काव्य गुरु भएको बताए । उनले राष्ट्रकवि घिमिरेको हरेक कवितामा प्राकृतिक वस्तु समेटिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको शिखर व्यक्तित्व राष्ट्रकवि घिमिरे भएको बताइन् । पुरस्कार छनोट समितिका सदस्य प्रा डा लेखप्रसाद निरौलाले निराशालाई आशामा बदल्नका लागि प्रेरणा दिने कवि राष्ट्रकवि घिमिरे भएको बताइन् ।

राष्ट्रकवि घिमिरेको बारेमा हालसम्म एक दर्जनभन्दा बढी व्यक्तिले विद्यावारिधि गरेको उनको भनाइ थियो । राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकवि घिमिरेको साहित्यिक यात्रालाई नयाँ पुस्तामा लैजान आवश्यक रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले राष्ट्रकविको साहित्यिक योगदानलाई आजीवन राख्नका लागि मर्स्याङ्दी प्रतिष्ठान लागिरहेको उल्लेख गरे । राष्ट्रकवि घिमिरे प्रतिष्ठानको प्रमुख संरक्षक थिए ।

पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष न्यौपानेसहित विज्ञको तर्फबाट प्रा. डा. लेखप्रसाद निरौला र राष्ट्रकविको परिवारको तर्फबाट प्रा. डा. हेमांगराज अधिकारी सदस्य थिए ।

धादिङ स्थायी घर भएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्छन् । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कार समेत प्राप्त गरिसकेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे र उनका परिवारबाट दिएको रकममा प्रतिष्ठानबाट समेत केही रकम थप गरी रु २७ लाखको अक्षयकोष बनाएर उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट गत तीन वर्षदेखि उक्त पुरस्कार प्रदान गरिँदै आइएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

उक्त पुरस्कारबाट यसअघि वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र वरिष्ठ गीतकार किरण खरेल सम्मानित भइसकेका थिए ।