२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

अ+ अ-

कञ्चनपुर । छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले जानकारी दिए ।

‘दुई वर्षयताको तथ्याङ्क हेर्दा यो नाकाबाट आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ’, उनले भने- ‘यस वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।’ उनका अनुसार सन् २०२२ मा गड्डाचौकी नाका भएर ५४२ जना मात्रै विदेशी पर्यटन आएका थिए । सन २०२३ देखि विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर ९८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।

सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।