२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा जले भौतिक मन्त्रालय मातहतका ६० सवारी साधन

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलन क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहत निकायका ६० युनिट सवारी साधन जलेका छन् ।

मन्त्रालयको प्रारम्भिक विवरण अनुसार सडक विभाग, मन्त्रालय परिसर, मन्त्री निवास र यातायात व्यवस्था विभागमा ती सवारीसाधनमा आगजनी भएको थियो । आगजनीबाट अधिकांश सवारी पूर्णरूपमा जलेका छन्।

दुई युनिट सवारी भने बेपत्ता छ । मन्त्रालयबाट निजी स्कुटर र सवारी समेत जलाइएको मन्त्रालयको विवरणमा देखिएको छ । यसरी क्षति पुर्‍याइएका सवारीमध्ये दुई पाङ्ग्रे २६ युनिट रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

अन्य जिन्सी सम्पत्तिमध्ये कर्मचारी प्रशासन शाखाबाट कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफासेट, पङ्खा र कोठाको झ्यालमा क्षति पुर्‍याइएको छ । यातायात व्यवस्था शाखाको शौचालयको झ्यालमा क्षति गरिएको छ ।

चालक आराम कक्षमा पानी राख्ने टुलदेखि गलैँचासम्म क्षति गरिएको छ । अन्य क्षतिमा सचिव बैठक कोठाका झ्याल, मूल ढोका र झ्याल सेट, टहरो, ह्वाइठ बोर्ड, सोफा, टुलसहित दर्जनौँ वस्तु चोरी भएको, क्षति पुर्‍याइएको पाइएको मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ ।