२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै फर्केनन् चितवन कारागारबाट भागेका १७० कैदी बन्दी 

अ+ अ-

काठमाडौँ । दसैँको समय सुरक्षा व्यवस्था व्यवस्थापनको लागि जिल्ला सुरक्षा समिति चितवनले मुख्य चार क्षेत्र निर्धारण गरेर सुरक्षा कामको थालनी गरेको जनाएको छ ।

जिल्ला सुरक्षा समितिले मुख्य गरी दैनिक पहिरो खसेको कारण नारायणगढ हुँदै काठमाडौँ जाने राजमार्ग क्षेत्र, जिल्ला र देशका अन्य कारागारबाट भागेका कैदी बन्दीका कारण हुनसक्ने सुरक्षा जोखिमलाई मुख्य सुरक्षा जोखिमको रूपमा लिएको छ ।

त्यसैगरि जिल्लाका अन्य सडकहरूमा सवारी साधन नपाउँदा यात्रु धेरै बोक्ने, मादक पदार्थ सेवन गरी यातायातका साधन चलाउँदा हुनसक्ने दुर्घटना र चाडपर्वको समयमा जुवातास लगायतका समुदायमा हुनसक्ने झैझगडालाई मध्यनजर गरी चाडपर्वको सुरक्षा क्षेत्र तोकेर प्रहरी खटाएको जनाइएको छ ।

चितवनका प्रहरीले यसपालि अन्य वर्षभन्दा बढी सुरक्षा चुनौती हुनसक्ने आँकलन गरिएको बताएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा जोखिम आँकलन गरेर धेरै वर्षसम्म नियमित बिदा नबसेकाबाहेक सुरक्षाकर्मीलाई दसैँ बिदामा पनि नपठाएर सुरक्षामा खटाइएको बताएको छ ।

जेनजी आन्दोलनको क्रममा चितवनको कारागारबाट भागेका ७ सय २० मध्ये १ सय ७० जना कैदीबन्दी अझै पनि समुदायमा नै छन् । भने, अन्य जिल्लाका कारागारबाट भागेका कैदीबन्दी पनि समुदायमा भएका हुनाले पनि थप सुरक्षा जोखिमको आँकलन छ । चाडपर्वको समयलाई लिएर पूर्वाग्रह साँध्ने, चोरी तथा लुटपाटका घटना हुनसक्ने जोखिमलाई मध्यनजर गरेर २४ घण्टा नै प्रहरी दुईदेखि ५ मिनेटको समयमा पुग्ने गरी तयारी अवस्थामा राखिएको छ।