काठमाडौँ । तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठुलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
चाडपर्वको अवसर पारेर हिँडेका कयौँ यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरू गन्तव्यमा प्रस्थान गरिरहेका छन् ।







