२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलशम्शेर राणाद्वारा राप्रपाको असन्तुष्ट पक्षको बैठक आह्वान

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन्।

राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२:३० बजे बस्ने गरी बैठक बोलाएका हुन्।

राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ। नियमित महाधिवेशनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशन गर्न दबाब बढाउन असन्तुष्ट पक्षको बैठक बोलाइएको ती नेताले जानकारी दिएका छन्।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ। असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुनेछ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदीको स्थानमा रोशन कार्की मनोनीत गरेका थिए। उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती, केन्द्रीय नेता धनसुर शाही लगायतलाई पदमुक्त गरेका थिए। पदमुक्त गरेको विषयले पार्टी दुई कित्तामा विभक्त भएको छ। उक्त प्रकरण निर्वाचन आयोग समेत पुगेको छ।

राणाले बोलाएको बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्न अध्यक्ष लिङदेनलाई दबाब दिने उद्देश्य समेत रहेको असन्तुष्ट पक्षले जनाएको छ। तीन-तीन महिनामा बोलाउनुपर्ने केन्द्रीय समितिको बैठक माघदेखि बस्न सकेको छैन।

यस्तै, जेनजी आन्दोलनपछि पार्टी मुकदर्शक भएको विषय पनि बैठकको एजेन्डाका रूपमा रहेको छ।