२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरमा साउन र भदौमा ४१ हजार बढीले लिए नि:शुल्क स्वास्थ्य सेवा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४१ हजारभन्दा बढीलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

महानगरका मेयर बालेन साहका अनुसार चालु वर्षका साउन र भदौमा ४१ हजार ९७१ जना नगरवासीले नि:शुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिइयो थियो । त्यसपछि २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नगरवासीले स्वास्थ्य सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १ लाख ९४ हजार १९३ पुगेको थियो ।

यो वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अनुमान गरिएको महानगरले जनाएको छ ।

‘स्वास्थ्य सबै नागरिकको अधिकार हो’ भन्ने मूल नाराका साथ आज काठमाडौँ महानगरका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू स्थापना भई नियमित रूपमा सेवा दिँदै आइरहेको महानगरले जनाएको छ । तीमध्ये १० वटा केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागु भइसकेको छ

महानगरका स्वास्थ्य केन्द्रहरूमा एमबीबीएस चिकित्सकमार्फत नगरवासीलाई हरेक दिन नियमित उपचार सेवा उपलब्ध गराउँदै आएको महानगरले जनाएको छ ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिने गरेको महानगरको भनाइ छ ।

नगरवासीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महानगरले स्वास्थ्य बीमा, नि:शुल्क उपचार, रेफरल सेवा र विशेषज्ञ सल्लाह सबै एकीकृत रूपमा अघि बढाएको छ ।