२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो बैठकका निर्णय 

अ+ अ-

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक मंगलबार काठमाडौँको केसर महलमा सम्पन्न भएको छ ।

सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम बसेको उक्त बैठकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तलाई सभाको सदस्यका रूपमा मनोनीत गरिएको छ ।

त्यसैगरी, विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र र मानव शास्त्रका विज्ञहरूमध्येबाट अन्य ६ जनालाई सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको छ  ।

मनोनीत भएका सदस्यहरूमा प्रा. डा. जयराज अवस्थी-दार्चुला,  प्रा. डा. अम्मराज जोशी-बझाङ, डा. लवदेव अवस्थी-बैतडी, प्रा. डा. संगीता राजभण्डारी- काठमाडौँ, डा. डम्बरबहादुर पाल-दार्चुला, सह प्रा.अनुराधा रोकाया, कञ्चनपुर रहेका छन् ।  

त्यस्तै, विश्वविद्यालय ऐन, २०८२ को दफा २५ को उपदफा (१०) बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ। उक्त समितिको संयोजक प्रा. डा. जयराज अवस्थी रहनेछन् भने सदस्यमा प्रा। डा। दीपक महरा र प्रा। डा। भारती जोशी रहनेछन्।

बैठकले विश्वविद्यालयको प्रारम्भिक संरचना, आगामी नीतिगत तयारी र संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरेको जनाइएको छ।