काठमाडौँ। कात्तिक शुक्ल प्रतिपदाका दिन बुधबार नेवार समुदायमा म्ह: (आत्म) पूजा गरिएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्ह:) पूजा पर्व मनाउने गर्दछन् । यस दिन कसैले दिउँसो र कसैले बेलुकी म्ह: पूजा गर्ने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रही आएको छ । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्ह: पूजा मनाउने गरिएको छ ।







