२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा जात्राको रौनक सुरु

अ+ अ-

काठमाडौँ । तिहारसँगै दार्चुलाका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटिका अर्थात् द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ । 

यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन  र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ । शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा आजदेखि जात्रा सुरु हुन्छ ।

जिल्लाको सबैभन्दा ठुलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली  क्षेत्रमा दसैँ तिहारभन्दा जात्रालाई बढी महत्त्व दिइन्छ । आजको दिन भाइटिका लगाएपछि शैल्यशिखर-७ स्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन-३ स्थित लटिनाथ मन्दिर चौडमा जात्रा लाग्ने गर्दछ । 

यहाँका स्थानीयले जात्राको तयारी एक महिना अघिदेखि सुरु गर्छन् । जात्राको पूर्वसन्ध्यामा लेकम-५ मैखोली खर्क तथा मालिकार्जुन-३ लटिनाथ मन्दिर चौडमा सरसफाइ गरिएको स्थानीय राधावल्लव जोशीले जानकारी दिए । लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरेको जात्रा संयोजक मनिराज जोशीले बताए । 

जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, देउडा खेल्ने गर्दछन् । जात्राका लागि पहाड पुर्ख्यौली घर भई तराई बसोबास भएका तथा कामका सिलसिलामा गाउँ बाहिर गएकाहरू समेत फर्किएपछि यहाँका गाउँहरूमा जात्राको चहलपहल बढेको हो ।

जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।