२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकताको विपक्षमा १४ जना नेता खुलेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहितका नेता तत्काल एकताको विपक्षमा उभिएका हुन् ।

स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ रहेका छन् । पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा छन् ।

अध्यक्ष माधव नेपालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति गरेर पार्टीबाट आज एकताबारे औपचारिक निर्णय गराउने तयारी छ । नेपालले एकता गरे पनि आफूहरू नेकपा एस नै अगाडि बढाउने उनीहरूले बताएका छन् ।

यद्यपि, यी नेताहरू माओवादीसँग भन्दा पनि एमालेसँग मिल्नुपर्ने पक्षमा छन् । आज केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताबारे निर्णय गरे पार्टी फुट्नसक्ने संकेत झाँक्रीले बिहानै गरेकी थिइन् ।

उनको भनाइ छ, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

त्यसो त माओवादीमा पनि एकीकृत समाजवादीलाई एक ढिक्का बनाएर मात्रै पार्टी एकतामा ल्याउनुपर्ने वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मानिकट नेताहरूको मत छ ।