२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालको संयुक्त आयोजनामा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यसहित आजबाट काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

‘बोडरलेस स्माइल फर स्माइल’ शीर्षकमा सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । चित्रकला प्रदर्शनी सांस्कृतिक आदानप्रदान हुने एक माध्यम भएको र ती कलामार्फत आफ्नो पृथक् पहिचान, संस्कृति व्यक्त हुने तथा कलामार्फत शान्ति र सौहार्दको सन्देश पाइने उनले बताए ।

प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले प्रतिष्ठानले मित्रराष्ट्रसँग गर्ने यस्ता कला प्रदर्शनीको आयोजना गर्ने काम एकदम सराहनीय भएको बताए । उनले विज्ञान र प्रविधि झैँ कलाले फड्को मारिरहेको धारणा राखे ।

जिञ्जा ग्यालरी जापानका निर्देशक तामाकी कानोले नेपालमा यस किसिमको प्रदर्शनी गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले यस पटकको प्रदर्शनीमा बालकलालाई समावेश गरिएको जानकारी दिए ।

प्रदर्शनीका क्युरेटर तथा बिन्दु स्पेस फर आर्टिस्टका निर्देशक पृथ्वी श्रेष्ठले प्रदर्शनीमा सहभागी सबै कलाकार तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनीलगायतका देशका ७५ कलाकृति छन् । जसमा नेपालबाट कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, प्राज्ञ परिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुण हिङमाङसहित कलाकारहरू प्रदीप शाक्य, सुन्दर सिंख्वाल, एरिना ताम्राकार, पृथ्वी श्रेष्ठ, मनिषलाल श्रेष्ठ, आशा डंगोल, सम्झना राजभण्डारी, अनिल शाही, भाइराजा महर्जन, विनोद लिम्बू, विनोद प्रधान, दीपक आउजीका कलाहरू समावेश छन् ।

यस्तै जया शर्मा, जेनी घले, कर्मा टासी गुरुङ, कृष्ण लामा, मनोरमा खत्री, मिन थापा, मुना भडेल, नवीन नाल्बो, प्रदीपकुमार बज्राचार्य, प्रद्युम्न श्रेष्ठ, प्रमीला बज्राचार्य, राजन महर्जन, रितु थापा, रोशन प्रधान, सुभाद्री सुभा, सुरेम देशार, दिप्रोज गुरुङका कलाकृति रहेका छन् ।

जापानबाट ३५, जर्मनीका २ र कोरियाका तीन जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् । जेन जेड आन्दोलनपछि कलाका अन्तर्राष्ट्रिय गतिविधिहरू घटेकामा पुन यस्ता प्रदर्शनीहरू सुरु हुन थालेको छ । प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि यो प्रदर्शनीले सहयोगसिद्ध हुने विश्वास गरिएको छ । प्रदर्शनी यही कात्तिक २७ गतेसम्म सञ्चालन हुने छ ।