२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोलदेखि प्रदेशसम्म युथफोर्स गठन गर्ने युवा संघको निर्णय

अ+ अ-

काठमाडौँ। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ । देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथफोर्स गठन गर्ने युवा संघले जनाएको छ । अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ ।

युवा संघ प्रवक्ता निरोज पौड्यालका अनुसार अभियान २७ कात्तिकदेखि १० मंसिरसम्म सातै प्रदेशमा सञ्चालनमा हुने छ ।

पूर्वनिर्धारित तालिका अनुसार २७ कात्तिकमा लुम्बिनीमा, १ मंसिरमा बागमतीमा, ३ मंसिरमा मधेशमा, ४ मंसिरमा कोशीमा, ८ मंसिरमा गण्डकीमा, ९ मंसिरमा कर्णालीमा र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ ।

अभियान अन्तर्गत टोल टोलमा सुरक्षा समितिहरू बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथफोर्स गठन गरिने युवा संघका नेता पौड्यालले बताए ।

अभियान अन्तर्गत नै ५ मंसिरमा काठमाडौँमा स्वयंसेवक भेला पनि आयोजना गर्ने निर्णय युवा संघले गरेको छ ।

संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अभियान चलाउन लागिएको युवा संघले जनाएको छ ।