२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव जितेपछि आफ्नो क्षेत्र छाड्न नपाउने व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता प्रेम सुवालले निर्वाचनमा विजयी उम्मेदवारले आफ्नो क्षेत्र छाड्न नपाउने व्यवस्था गरिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनबारे निर्वाचन आयोगसँगको छलफलमा नेता सुवालले उम्मेदवारहरू चुनाव जित्नका लागि मात्रै आफ्नो क्षेत्रमा जाने गरेको तर, जितेपछि सहर पस्ने गरेको भन्दै कडाइ गरिनुपर्ने बताए ।

उनले सम्बन्धित निर्वाचन क्षेत्रबाटै जनतालाई मतदान गराउनुपर्ने, उम्मेदवार हुनेहरू जितिसकेपछि त्यहाँका जनतालाई छोडेर आफू सहर पस्न नपाउने प्रावधान ल्याउनुपर्ने बताए ।

छलफलपछि बाहिरिनेक्रममा सुवालले पत्रकारहरूसँग भने ‘चुनाव हुनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रमा बस्ने, जितिसकेपछि जनतालाई छाडेर आफू चैँ शहरतिर जाने, यो चैँ बन्दोबस्त गर्नु हुँदैन, त्यस्तो गर्न नपाउने भनेर स्पष्ट लेख्नुपर्छ ।’

साथै उनले निर्वाचनमा गठबन्धनका नाममा एउटा दलले अर्को दललाई मत हाल्न नपाउने व्यवस्था गर्न आयोगलाई सुझाव दिएको बताए । त्यस्तो गर्ने गराउने दललाई कारबाही हुनुपर्ने उनको माग छ ।

‘हामीले उम्मेदवार निष्क्रिय पार्यौं, जनता हो अर्को दललाई मत हाल्नु भन्ने, त्यस्तो अनैतिक काम गर्न पाइँदैन, त्यस्ता दललाई तत्काल कारबाही गर्ने गरी आयोगको ऐन र राजनीतिक दलहरूको विधानमा संशोधन आवश्यक छ’, उनले भने ।

नेता सुवालले निर्वाचित हुने दलहरूले जनताको म्याडेण्ट अनुसार भूमिका निभाउनुपर्ने बताए ।

उनले थोरै सिट संख्या भए पनि दलका नेता मन्त्री बन्न लागि मरिहत्ते गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड छ ।

‘सरकारमा जानका लागि उपप्रधानमन्त्री दिए पनि खाइहाल्ने, मन्त्री दिए पनि खाइहाल्ने, जति वटा सिट संख्या, थोरै सदस्य भए पनि प्रधानमन्त्री चाहिने, उपप्रधानमन्त्री चाहिने त्यस्तो गर्न पाइँदैन, आफ्नो सिट अनुसारको भूमिका निर्वाह गर्नुपर्‍यो,’ उनले भने ।

मन्त्री बन्ने उद्देश्य लिएर मात्रै दल खोल्ने प्रवृत्ति बढेको भन्दै उनले भने, ‘मन्त्री खानको लागि मात्रै दल खोल्ने, चुनाव जित्ने, अनि चुनावमा पैसा खर्च गर्ने यसलाई रोक्ने बन्दोबस्त हुनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ ।’

साथै उनले निर्वाचन प्रचारका लागि आयोगले ४० दिन समय छुट्याएको भन्दै त्यति आवश्यक नपर्ने सुझाएको बताए ।

सबै राजनीतिक दलहरूसँग सुझाव लिएर निर्वाचन तालिकालाई अन्तिम रूप दिनुपर्नेमा उनको जोड छ ।

उनले  आयोगले र सरकारले स्वच्छ निर्वाचनका लागि सुरक्षा प्रत्याभूतिको गर्नुपर्ने बताए ।

‘आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गरेर देशभरिको सुरक्षाभूति के कस्तो छ स्पष्ट पार्नुपर्छ,’ उनले भने ।

नेता सुवालले पछिल्लो ३५ वर्षको अनुभवले दलहरूले अंगिकार गरेको राजनीतिक दर्शन पुँजीवादी वा समाजवादी के हो भन्ने प्रष्ट हुनुपर्ने बताए ।

‘दलहरूको विधानमा लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र यो सबै लेखिएको छ, अंग्रेजीमा त्यो भनेको डेमोक्रेसी नै हो र यो लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र एउटा समाजवादी हुन्छ अर्को पुँजीवादी हुन्छ, राष्ट्रिय सम्पत्ति केही व्यक्तिको नाममा दिने, निजीकरण गर्ने चाहिँ यो पुँजीवादी प्रजातन्त्र हो, राष्ट्रिय सम्पत्ति सबै जनताको अधिकारमा दिने समाजवादी प्रजातन्त्र हो, त्यसकारण दलहरूले आफूलाई स्पष्ट गर्नुपर्‍यो विधानमा, आयोगले भन्नुपर्‍यो, कुन चाहिँ प्रजातन्त्र चाहिएको हो ?,’ उनले भने ।

साथै दलहरूले आफ्नो विधानमै राजनीति देश र जनताको निस्वार्थ सेवाका लागि गर्नुपर्ने भनेर लेख्नु उनको माग छ । यसो नहुँदा राजनीतिका नाममा भ्रष्टाचार बढेको उनले बताए ।

सरकारमा जाने भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको भन्दै नेता सुवालले अब राष्ट्रपति कार्यालयदेखि सरकारी कार्यालयहरूमा संसारभरीका भ्रष्टहरूको तस्बिर राखेर भ्रष्टाचार गरे उनीहरूको जस्तै हालत हुने सन्देश दिनुपर्ने  बताए ।

‘‘त्यस कारण हामीले संसारका भ्रष्टाचारहरू कस-कसलाई ज्यान सजायो दियो, कसलाई जेलमा थुन्या छ, त्यसको तस्बिर राष्ट्रपति कार्यालयदेखि सरकारी कार्यालयमा राख्नुपर्‍यो, भ्रष्टाचार गरेपछि यो तस्बिर जस्तै हुन्छ,’ उनले भने ।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउँदै प्राविधिक सुरक्षा चुनौतीबारे पूर्व तयारी र सजगता अपनाउनुपर्ने उनको सुझाव छ ।