२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन-विश्वले अडान नछाडेपछि सहमति खोज्न पूर्णबहादुरले पदाधिकारी बाहिरका नेताहरूसँग संवाद गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिने सहमति भएको छ।

आज ललितपुरको धोबीघाटमा बसेको बैठकले पदाधिकारीसहित सबैसँग समन्वय गरेर पार्टीभित्रको निकास निकाल्ने जिम्मा कावा सभापति खड्कालाई दिएको सहमहामन्त्री किशोरसिंह राठौरले बताए।

कार्यवाहक सभापति खड्कासहित उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समस्याको समाधान खोज्ने उनले बताए।

उनले भने, ‘पूर्णदाईलाई जिम्मेवारी दिएका छौँ। उहाँसहित उपसभापति र महामन्त्रीहरूले पनि सहयोग गर्नुहुन्छ। पदाधिकारी बाहिर रहेका नेताहरूसँग पनि छलफल गरेर निकास निकाल्नुहुन्छ।’

अब खड्काले पदाधिकारीबाहिर रहेका शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताहरूसँग पनि छलफल गर्ने बताए।

महाधिवेशनको मितिबारे सहमति नजुटे भोलि दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सर्न सक्ने समेत जानकारी दिए।

काँग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ। महामन्त्रीद्वयले भने नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन्।

तर, संस्थापन पक्ष वैशाख मात्रै महाधिवेशन गर्ने पक्षमा छ। सहमति नजुटेपछि पार्टीका शीर्ष नेताहरूले अब सभापति शेरबहादुर देउवासँग पनि परामर्श लिँदै छन्। उपचारका लागि सिंगापुर गएका देउवा आज फर्किँदै छन्।