२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा परिषद् बैठकमा राष्ट्रिय सुरक्षा चुनौतीबारे छलफल

अ+ अ-

काठमाडौँ। बिहीबार सिंहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्न सक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ ।

बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेन जेड र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्‌मा छलफल भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ४१ औँ बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षा सचिव सुमनराज अर्याल सहभागी थिए ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे छलफल भएको रक्षा सचिव अर्यालले बताए ।

यस्ता चुनौतीहरूको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको बताइएको छ ।

त्यस्तै बैठकले परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेको छ । मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी राष्ट्रपति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको रक्षा सचिव अर्यालले बताए ।

त्यस्तै निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष पेश गर्ने पनि निर्णय बैठकले गरेको छ । बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको रक्षा सचिव अर्यालले बताए ।