२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन

अ+ अ-

दमौली (तनहुँ) । तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवन तीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन । 

गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण सकिएको छैन । 

विसं २०७८ कात्तिक २० गते निर्माण सुरु गरी १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद रहेपनि हालसम्म तीन पटक म्याद थप भइसकेको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । हालसम्म भवनको काम ७० प्रतिशत सकिएको छ । पछिल्लो पटक थप भएको म्यादअनुसार आगामी पुससम्म काम सम्पन्न गर्ने अवधि छ । 

उनले भने, “कास्की र तनहुँमा एकैसाथ भवन निर्माण सुरु भएको थियो, कास्कीमा सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । तर तनहुँमा निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै काम हुन सकेन ।”

गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण सुरु गरिएको थियो । समयमै भवन नबन्दा एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अधिकारीको भनाइ छ । 

भवन निर्माणका लागि रु चार करोड लागतमा चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । ६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । “पशुपंक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गरिनेछ,” अधिकारीले भने, “अस्पताल भवन निर्माण सम्पन्नसँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउनेछन् ।”

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ ।