२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाम्रो बाटो अप्ठ्यारो छ, तर अब सिकारीको इतिहास लेखिने छ’ : सन्तोष परियार

अ+ अ-

काठमाडौँ। रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफूहरू हिँड्न थालेको बाटो सहज नभएको बताएका छन् । यो थाहा हुँदाहुँदै सधैँ सजिलो बाटो हिँड्न छुट नभएको बताएका छन् ।

आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेन जेड पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताए ।

‘अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ, यही संघर्ष गर्ने क्रममा आज हामी वृहत् एकता घोषणा सभा गर्दै छौँ,’ प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुन सबैलाई आह्वान गर्दै परियारले भने, ‘यदि आज पनि यो समस्याबाट भाग्यौँ भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन । यसर्थ एउटा संघर्ष गरौँ । यो सजिलो बाटो त होइन । तर हामी सधैँ सजिलो बाटो हिँड्न पनि पाउँदैनौँ ।’

कार्यक्रमको अध्यक्षता समेत गरेका परियारले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले देश संकटमा परेको भन्दै उनले सबै वामपन्थी लोकतान्त्रिक प्रगतिशील पार्टीहरूलाई संकिर्णता छोडेर आफूहरूको अभियानमा जोडिन आह्वान गरेका छन् ।

उनले आजसम्म शासकका इतिहास लेखिएको भन्दै अब जनताका इतिहास लेखिने बताए । केही भनाइहरू उद्धृत गर्दै उनले भने, ‘रुख त आजभन्दा २० वर्ष पहिला नै रोप्नुपर्थ्यो तर आज चाहिँ ढिला गर्नु हुँदैन । जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरू हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ । आजसम्म नेपालको इतिहासमा सिकारीको इतिहास लेखियो, शासनसत्तामा बस्नेहरूको लेखियो अब जनताको इतिहास लेखिने छ ।’