काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्ने भएको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने तय भएको हो ।
सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुने बताइएको छ। यसअघि गत असार २६ गते तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए । त्यसपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन्।







