काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
मंगलवार आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु र महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
सारु र अंसारीसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।









