२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरद्वारा चालु आवको चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन

अ+ अ-

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा रु २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व संकलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ रु सात करोड ५६ लाख रकम संकलन गरेको हो । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दाबी गरे “महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने संकलन हुन सकिरहेको छैन,” उनले भने, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।” 

महानगरले चालु आवको चार महिनामा भूमिगत/मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व संकलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने रु एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने रु दुई करोड राजस्व संकलन गरेको छ । अखेटोपहारमा लाग्ने करतर्फ भने रु पाँच करोड १० लाख राजस्व संकलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने रु एक करोड ४९ लाख ८३ हजार राजस्व संकलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।