२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा झिनो गिरावट

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५३ अंकले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

आज ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार नौपटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैकिंङ शून्य दशमलव ५८, होटल तथा पर्यटन शून्य दशमलव ६२, लगानी शून्य दशमलव ०४, जीवन बिमा शून्य दशमलव ५७ र लघुवित्त समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैंक शून्य दशमलव १७, वित्त शून्य दशमलव २७, जलविद्युत् शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, मबिलुङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र श्रीनगर एग्रिटेक इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ८५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको आज रु ३१ करोड ८१ लाख ३५ हजार ४७९ बराबरको छ लाख ३४ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ ।